जय नेपाल ! जय नेपाल !! जय नेपाल ! मेरो नेपाल !!

बुटवलएक होटलमा बसेका ३ जनामा कोरोना संक्रमण

बुटवलको एक होटलमा बसेका ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । बुटवलको पुरानो बसपार्क स्थीत पुर्वान्चल होटलमा ७ गते देखि बस्दै आएका उनीहरुको पिसिआर परिक्षणमा कोरोना देखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहका अनुसार बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना भण्डारमा काम गर्ने उनीहरु भारतबाट आएर उक्त होटलमा बसेका थिए । उनीहरु तीनै जना भारतीय नागरिक हुन ।
पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागोकारखाना रामनगरमा रहेको आईसोलेसन अस्पतालमा राखिएको सिंहले जानकारी दिनुभयो ।
अहिले पुरानो बसपार्कमा रहेको पुर्वाञ्चल होटललाई शिल गरेर त्यहा कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाईनमा राख्ने तयारी भई रहेको सिहंले बताउनुभयो । यो संगै बुटवलमा १९ जना कोरोना संक्रमित भेटिएका छन् ।


CORONA


लौ CORONA आयो...
सबै तिर सन्नाटा छायो...
जिवनको रस बल्ल समझमा आयो 

जिन्दगिको भाग दौडमा...
सास फेर्ने फुर्सद छ...
जिवन जिउने  

जति भागेनि...
जति दौडिए नि...
हुदैन कसैको भला

जिवन तिनिहरुको सफल भयो...
जस्ले जान्यो जिवन जिउने कला

नगेन्द्र श्रेष्ठ 
परासि, डन्डा (हाल जापान)

Pakistan defeats South Africa by 29 runs


In another exciting contest of this world cup, Pakistan defeats South Africa by 29 runs, DL method. Sarfaraz Ahmed grabs the man of the match award for his run a ball 49 runs and record-equalling six catches behind the wicket.
In the other match of the day, Zimbabwe are fighting hard at 55/3 after 13 overs chasing 332 runs against Ireland.

त्रिभुवन विमानस्थल ७:३० मा खुल्ने

काठमाडौं-तीन दिन देखि बन्द त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अहिले ७:३० बाट पूर्णरुपमा सञ्चालनमा आउने भएको छ। दुर्घटनामा परेको टर्कीस एयरलाइन्सको जहाजलाई धावनमार्गबाट बाहिर लगेपछि विमानस्थल सुचारु हुने भएको हो। पहिलो उडान नेपाल वायुसेवा निगमले गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले नागरिकन्युजलाई बताए।

साउथ अफ्रिकाबिरुद पाकिस्तानको सुन्दर जित : पाकिस्तान २९ रनले बिजयी


  आज भएको २९औ खेलमा पाकिस्तान र साउथ अफ्रिका खेलेका थिए |
टस जितेर बलिंग गरेको अफ्रिकाले राम्रो प्रदर्शन गर्यो | अफ्रिकाले पाकिस्तानलाइ २२२ रनमा समेट्न सफल भयो | साउथ अफ्रिकाका बलरहरुले राम्रो खेल देखाए भने पाकिस्तानका खेलाडी पनि कम भएनन् |
पाकिस्तानका बलरले गर्दा आज पाकिस्तानले २९ रनले जित्यो | बलरहरुले साउथ अफ्रिकालाइ २०२ रनमा समेट्न पुग्यो |

नामिबियामाथि नेपालको सानदार जित


नामिबियामाथि नेपालको सानदार जित
आइसिसी विश्व लिग क्रिकेट डिभिजन
२ अन्तर्गतको बुधबार भएको खेलमा नेपालले आयोजक
नामिबियामाथि सानदार जित निकालेको छ ।
कप्तान पारस खड्काको अलराउन्डर
प्रदर्शनको मद्दतमा नेपाली टिमले
नामिबियामाथि ३ विकेटको सानदार जित
निकालेको हो । पारसले ५६ बलको सामना गर्दै ६४
रन बनाएपछि एक समय अफ्ठेरोमा परेको नेपाललार्इ
जिताएका हुन् ।
सुरुवाती धक्का बेहोरेको नेपाललार्इ कप्तान पारस र
उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले।
नेपालका ओपनरहरु सागर पुन र सुवास खकुरेल
सस्तैमा आउट भएपछि क्रिजमा आएका कप्तान पारस
र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट
साझेदारी गरेपछि नेपाल गतिलो जितको हकदार
भएको हो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ७३
बलमा ३१ रन बनाइ क्याच आउट भए । सागर पुन सात
रन जोड्दै क्याच आउट भए भने सुवास खकुरेल चार
रनमा आउट भएका थिए ।
त्यसैगरी पारसको स्थानमा आएका शरद भेसवाकर १०
बलमा ७ रन जोड्दै आउट भए । आरिफ सेख १ रनमै आउट
भए ।
यसअघि टस हार्दै पहिले ब्याटिङ
गरेको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमार्इ
१४२ रन बनाएपछि नेपालले मध्यम
चुनौती पाएको थियो ।
आइसीसी डिभिजन २ क्रिकेट
प्रतियोगिता अन्तरगतको चौथो खेलमा टस जित्दै
पहिले फिल्डिङ गरेको नेपालले घरेलु
टोली नामिबियालार्इ शुरुबाटै
दवाबमा राखेको थियो ।
नेपालको कसिलो बलिङका अगाडि नामिबियाका खेलाडीले
खुलेर खेल्न सकेनन् । नामिबियाका लागि रेमोन्ड
भार स्कुरले ८० बलको सामना गर्दै सर्वाधिक २८ रन
जोडे ।
त्यसपछि जेपी कोट्जेले ४१ बलमा २७ रन बनाएर
पेभेलियन फर्के । त्यसैगरी लोयुइ काल्जिङ्गले २४ रन
जोडे । बनाएको अवस्थामा क्याच आउट भए ।
निकोलसले १६ रन जोडे । सरेल बर्गरको नाममा १५ रन
रह्यो । त्यसैगरी जेर्राड इरास्मस १४ रनमा क्याच
आउट भए ।
अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् ।
नामिबियाका स्टेफन बर्राड ९ रनमा क्याच आउट भए
। त्यसैगरी गेर्री सिनमन २ रनमा आउट भए। यस्तै
विलियन्सलाई १ रन बनाएको अवस्थामा करण केसीले
पेभेलियन फर्काए।
नेपालको बलिङलार्इ आज पनि करण केसीले सफल
बनाए । क्यानाडाविरुद्दको खेलमा ५ विकेट
लिएका उनले नामिबियाका ३ विकेट झारे ।
त्यसपछि सोमपाल कामी, बसन्त रेग्मी र
शक्ति गाैचनले ब्यक्तिगत २/२ विकेट झारे ।